(१) मानसिक वा शारीरिक बिरामी परेका थुनुवा वा कैदीहरूलाई सरकारिया चिकित्सकद्वारा उपचार गराउनु पर्छ । तर कुनै थुनुवा वा कैदीले आफ्नो खर्च लगाई अरू कुनै चिकित्सकबाट उपचार गराउन चाहेमा तोकिए बमोजिम त्यस्तो उपचार गराउन अनुमति दिइनेछ ।
(२) कुनै थुनुवा वा कैदी असाध्य बिरामी परी निजको राम्रो उपचारका लागि निजलाई अस्पतालमै राख्न आवश्यक छ भन्ने सरकारी चिकित्सकले ठहराई कारण सहित आफ्नोलिखित राय व्यक्त गरेमा त्यस्तो थुनुवा वा कैदीलाई नेल वा हतकडी परेकोमा सो समेत काटी तोकिएबमोजिम अस्पतालमा राखी औषधि गराउनु पर्छ ।
(३) बिरामी परी सिकिस्त भएको कुनै थुनुवा वा कैदी बाँच्ने नबाँच्ने दोसाँधमा रहेको कुराको कारण सहितको राय सरकारी चिकित्सकले दिएमा त्यस्तो थुनुवा वा कैदीको हकवालाले निजलाई घाट लैजान चाहेमा निजको रोग निको भएमा पुनःकारागारमा फिर्ता ल्याउने व्यहोराको हाजिर जमानी कागज गराई त्यसरी थुनिएको ठाउँको नजिकको घाटमा लैजान दिइनेछ । थुनुवा वा कैदी जिम्मा लिई घाट लैजाने हकवालाले सम्बन्धित थुनुवा वा कैदीको स्वास्थ्यसम्बन्धी प्रतिवेदन लेखी प्रत्येक हप्ता सम्बन्धित कारागारलाई दिनु पर्नेछ ।
(४) उपदफा (२) वा (३) अन्तर्गत अस्पताल वा घाट लगिएको थुनुवा वा कैदी कारागार भित्रै रहेको सम्झिनेछ र सो अवधि निजलाई हुने कैदको अवधिमा कट्टा गरिनेछ । (५) उपदफा (२) वा (३) मा उल्लेख भएको थुनुवा वा कैदीलाई निको भएमा निजलाई थुन्न नपर्ने भएकोमा वा निजको कैद म्याद भुक्तान भै सकेकोमा बाहेक निजलाई फेरि कारागार भित्र राखिनेछ ।
(५ )उपदफा (२) वा( ३ )मा उल्ल्ख भएकाे थुनुवा वा कैदीलार्इ निकाे भएमा निजलार्इ थुन्न नपर्ने भएमा निजलार्इ थुन्न नपर्ने भएकाेमा वा निजकाे कैद म्याद भुत्तान भै सकेकेामा बाहेक निजलार्इ फेरि कारागारभित्र राखिनेछ ………।